२९ जेठ २०८३, शुक्रबार

व्यवसायीलाई ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

कात्तिक २५, २०७७
व्यवसायीलाई ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको पूर्व सेक्रेटरी भएको भन्दै ३ करोड चन्दा माग्ने ४ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

नेकपा माओवादी विप्लवको कार्यकर्ता र पूर्व सेक्रेटरी भएको बताउँदै काठमाडौंका विभिन्न व्यवसायीहरुलाई फोन गरेर धम्काउने, व्यवसायीको घर आसपासमा निगरानी राख्ने विभिन्न व्यवसायीहरूबाट ३ करोड चन्दा माग गर्ने ४ जनालाई आइतवार पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ । 

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–२ का ३३ बर्षीय बिन्तोष सिलवाल, रामेछाप सुुनापती गाउँपालिका–३ का ३१ बर्षीय रादल श्रेष्ठ, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ का ५२ बर्षीय तिर्थ मान तामाङ र चितवन भरतपुर महानगरपालिका–१३ का ४२ बर्षीय नन्दुराज आचार्य रहेका छन् । 

प्रारम्भिक अनुसन्धान पछि अपराधिक लाभ लिन नहुने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्