२४ असार २०८३, बुधबार

गम्भीर घाइते भएर ६२ दिनदेखि बेहोस व्यक्तिले मनपर्ने खानेकुराको नाम सुनेपछि ...

कात्तिक २६, २०७७
गम्भीर घाइते भएर ६२ दिनदेखि बेहोस व्यक्तिले मनपर्ने खानेकुराको नाम सुनेपछि ...

उत्तर–पश्चिमी ताइवानमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसलाई देखेर डाक्टरहरू नै अचम्मित भएका छन् ।

मनपर्ने खानेकुराको नाम र कुराकानी हुँदा सबैको मुख रसाउँछ । घाइते भएर बेहोस अवस्थामा कोमामा रहेको व्यक्तिले मनपर्ने खानेकुराको नाम सुन्न सक्छ ? धेरैले सक्दैन भन्ने अनुमान गर्न सक्छन् तर ताइवानमा ६२ दिनदेखि कोमामा रहेका घाइते मनपर्ने खानेकुराको नाम सुन्दा होसमा आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताइवानका १८ वर्षीय चियू स्कूटर दुर्घटनामा परेर गम्भीर घाइते भई ६२ दिनदेखि कोमामा थिए । डाक्टरले समेत उनी बाँच्ने विश्वास कमै गरेका थिए । उनको मिर्गाैला र लिभरमा चोट थियो ।

उपचारका क्रममा उनको ६ वटा शल्यक्रिया गरिएको थियो । घाइते चियूका दाइले अस्पतालमा गएर मजाकमा भने, ‘भाइ म तिम्रो मनपर्ने चिकन फिलेट खान जाँदैछु ।’ चियूलाई चिकन फिलेट धेरै मन पर्छ । दाइको कुरा सुनेर घाइते भाइको शरीर चल्न थाल्यो र उनी होसमा आएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्