
धनगढीमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरीका ६२ वर्षीय पुरुषको मंगलवार मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
निमोनियाको समस्या रहेका उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले बताए ।
कात्तिक २१ कोरोना पोजेटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।