
जिल्ला कारागार बझाङको आइसोलेसनमा बसेका कोरोना संक्रमित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता भागेका छन् ।
विप्लव नेकपाका कार्यकर्ता प्रविन्द्र धामी बुधवार बिहान कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले जानकारी दिए । उनको बिहानैदेखि खोजी भइरहेपनि फेला परेका छैनन् ।
धामी कात्तिक १५ गते पक्राउ परेका थिए । पक्राउ परेपछि पीसीआर परीक्षण गर्दा कात्तिक १७ गते उनमा कोरोना पुष्टि भएको थियो ।