२२ जेठ २०८३, शुक्रबार

‘अर्ग्यानिक’ कृषि उत्पादनमा सघाउँदै स्थानीय सरकार

कात्तिक २६, २०७७
‘अर्ग्यानिक’ कृषि उत्पादनमा सघाउँदै स्थानीय सरकार
फाइल फोटो

पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गएको झापाको बिर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा पनि अर्ग्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ ।

कृषि उत्पादनलाई प्राथमिकता दिएकै कारण बिर्तामोड नगरपालिका अहिले कृषि उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गएको छ ।

नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया कृषि क्षेत्रमा उल्लेख्यमा लगानी गरेकै कारण नगर अहिले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताउँछन् ।

स्थानीय तह पुनःसंरचनापछि बनेको बिर्तामोड नगर सरकारले पहिलो आर्थिक वर्ष २०७४/७५ मै कूल बजेटको ७.४७ अर्थात् १ करोड ७५ लाख बजेट कृषि क्षेत्रको विकासका लागि छुट्याएको थियो । आव २०७५/७६ मा १ करोड ८० लाख, आव २०७६/७७ मा १ करोड ९० लाख र चालू आर्थिक वर्ष २०७७/७८ मा १ करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षसहित स्थानीय सरकार सञ्चालनको ४ वर्षे अवधिमा नगरको कूल बजेट ३ अर्ब ६ करोड ८४ लाख ८० हजार छ । जसको २.३६ प्रतिशत अर्थात् ७ करोड २५ लाख नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विनियोजन गरेको देखिन्छ । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय तह निर्वाचनताका नै अर्ग्यानिक कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएका थिए । आफ्नो चुनावी एजेण्डालाई स्थापित गर्न र नगरवासीको दैनिकीसँग जोडिएको महत्त्वपूर्ण पाटो कृषिलाई प्रवद्र्धन गर्न विभिन्न योजना उनले ल्याएका छन् । जसको परिणाम अहिले नगरपालिका कृषिमा आत्मनिर्भर हुँदै गएको हो ।

नगर क्षेत्रमा हुने अधिकांश कार्यक्रममा नगर प्रमुख शिवाकोटी अग्र्यानिक कृषिका विषयमा जोड दिन्छन् । अर्ग्यानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्नकै लागि नगरपालिकाले मेयर विषादीमुक्त नगर कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । – सन्तोष शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्