२२ जेठ २०८३, शुक्रबार

प्राचीन मूर्तिको जीर्णोद्धार गर्दा बन्यो ट्रम्पको जस्तो अनुहार

कात्तिक २५, २०७७
प्राचीन मूर्तिको जीर्णोद्धार गर्दा बन्यो ट्रम्पको जस्तो अनुहार

स्पेनमा एक प्राचीन मूर्तिको जीर्णोद्धार गर्ने क्रममा गल्ती भएपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्टून जस्तो देखिएको छ । 

देशको उत्तरी कास्टिल र लियोन क्षेत्रमा रहेको पालेन्सिया शहरको मध्यभागमा रहेको उक्त मूर्तिको अनावरण हालै गरिएको थियो । 

‘पालेन्सियाको सबभन्दा प्रतिनिधिमूलक भवनको कलात्मक शिरभन्दा पनि कार्टूनको टाउको जस्तो देखिन्छ यो,’ स्थानीय चित्रकार एन्टोनियो गुजम्यानले फेसबूक पोस्टमा लेखे । उनले मूर्तिको पुरानो स्वरूप र नयाँ स्वरूपको तस्वीर पनि सँगै पोस्ट गरे । 

उक्त मूर्ति राखिएको भवनको जीर्णोद्धार गर्ने क्रममा झिकिएको स्पेनको समाचार वेबसाइट एएस डट्कमले लेख्यो । 

सन् १९१९ मा वास्तुनिर्माता जेकोबो रोमेरोको निर्देशनमा यो भवन बनाउन थालिएको थियो र मूर्ति त्यसमा जडिएको थियो । 

सन् १९२३ मा यसको अनावरण गरिएपछि यो शहरको मुख्य आकर्षणको केन्द्र बनेको थियो । अहिले मूर्ति राखिएको भवनमा युनिकाजा बैंकको एक शाखा छ ।

यस मूर्तिको नवीन स्वरूप हेर्दा आफूलाई रुन मन लागेको अर्की स्थानीय आल्मुदेना गोन्जालेजले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्