२३ जेठ २०८३, शनिबार

अफगानिस्तान : जागिर खाएको आरोपमा महिलाको आँखा निकाले तालिबान आतंकवादीले

कात्तिक २६, २०७७
अफगानिस्तान : जागिर खाएको आरोपमा महिलाको आँखा निकाले तालिबान आतंकवादीले

अफगानिस्तानमा ३३ वर्षीया खातेरा नामक महिलाले जागिर खाएको देखिनसहेका पिताले तालिबान आतंकवादीहरूलाई भनेर छोरीको आँखा निकाल्न लगाएका छन् । 
 

खातेरा गजनी प्रान्तमा रहेको प्रहरी कार्यालयमा जागिर गर्छिन् । उनी कार्यालयबाट निस्केको केही समयमा मोटरसाइकलमा आएका तीनजनाले गोली हाने अनि उनको आँखा चक्कुले हानेर निकालिदिए । 

अस्पतामा होशमा आउँदा उनका लागि सबैतिर अँध्यारो थियो । 

‘मैले चिकित्सकहरूलाई सोधें– किन केही पनि देखिरहेको छैन ? उनीहरूले आँखामा घाउ भएकाले पट्टी लगाइरहेको मलाई बताए । तर मेरो दृष्टि गुमिसकेको मैले त्यतिबेला थाहा पाएँ,’ उनले भनिन् । 

उनका पिताले उनलाई घरबाहिर काम गर्न नदिनका लागि निकै जोड गरेका थिए । बुवाले नै तालिबान लडाकूहरूलाई खबर दिएर छोरीको आँखा निकाल्न लगाएको खातेरा बताउँछिन् । 

तालिबानले भने घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ ।
 

खातेराका लागि यस आक्रमणले आँखा मात्र लगेन, सपना समेत चकनाचुर बनायो । स्वतन्त्र करीयर बनाउने उनको सपना थियो । उनी केही महिनाअघि मात्र गजनी प्रहरीको अपराध शाखामा अधिकृत बनेकी थिइन् । 
 

खातेरामाथिको आक्रमण महिलाले जागिर खाएको कुरालाई कट्टरपन्थीहरूले नरुचाएको एक प्रतिनिधि घटना हो । अनि खातेराले प्रहरी अधिकृतको जागिर खाएको कुराले तालिबानलाई क्रुद्ध बनाएको पनि हुन सक्छ । 

अफगानिस्तानको अनुदारवादी सामाजिक परम्परा र अमेरिकाले सेना फिर्ता लगेपछि सुरो बनेको तालिबानले प्रभाव बढाउँदै जाँदा महिलामाथिको आक्रमण बढेको विश्वास अधिकारवादीहरूले गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्