
पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराई र राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाबीच सामाजिक सञ्जाल ट्वीटरमा फेरि जुहारी शुरू भएको छ ।
थापाको लेख शेयर गर्दै भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भनेर लगाएको आरोपको खण्डन गरेका थिए । उनले प्रचण्ड र आफू ज्युँदै छँदा गरेको प्रचार लाजमर्दो भएको बताएका थिए ।
प्रत्युत्तरमा थापाले क्रान्तिको भारी माओवादीले बोकेर ल्याएको भएपनि त्यसको भारी अर्कैको भएको दाबी गरेका हुन् ।
‘क्रान्तिको भारी नेपालमा तपाईंहरूले बोकेर ल्याएको हो । त्यसमा कुनै विरोध छैन । तर, त्यो भारीको मालिक तपाईंहरूको होइन, शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए ।
तर, जब सक्कली मालिकले भारीको दाबी गरेपछि,’ थापाले लेखेका छन् ।
फेरी हसाउनु भयो सहपाठी मित्र @brb1954 ले।कति हास्नु हौ!
क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो।त्यसमा कुनै विरोध छैन।तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि
त्यसमा तपाईले बालहठ नदेखाएकै बेश https://t.co/A7IjH7MbfS— Kamal Thapa (@KTnepal) November 11, 2020