
पछिल्लो २४ घण्टामा भेटिए २५ सय ९६ कोरोना संक्रमित, २६ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ६१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा काठमाडौँ जिल्लामा ९ सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जनामा संक्रमण देखिएको जनाएका हुन् ।
त्यस्तै देशैभर संक्रमित हुनेको संख्या २ हजार ५६९ छ ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ सय ६६ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भने हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण २६ जनाको मृत्यु भएको जनाएको छ ।