
जाडो महिनामा प्रायः जसो सबैले अदुवाको चिया पिउने गर्छन् । अदुवाको स्वाद पनि मिठो हुन्छ र औषधीय गुण पनि धेरै नै हुन्छ । आयुर्वेदिक जडिबुटीका रूपमा पनि अदुवा लोकप्रिय छ ।
घाँटीमा हुने खस-खसदेखि लिएर टन्सिलसम्मको रोगलाई अदुवाले निको पार्ने गरेको छ । तर शक्तिशाली जडिबुटी भएपनि अदुवाको धेरै साइड इफेक्ट्स रहेको विभिन्न अध्ययनहरूले प्रमाणित गरेका छन् । तीमध्ये केही साइड इफेक्ट्सका बारेमा हामी चर्चा गर्छौं ।
विशेषज्ञहरूका अनुसार अदुवाको धेरै सेवनले पखाला लाग्न सक्ने खतरा रहेको छ । त्यस्तै अदुवाको धेरै प्रयोगके गर्भवती महिलालाई स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
त्यस्तै अदुवाको धेरै सेवनले पेटमा जलन महशुस पनि हुन सक्छ । अदुवामा पाइने जिन्ज्रोल्सले पेटमा एसिड उत्पन्न गराउन उत्तेजना पैदा गर्छ । पेटमा सामान्य भन्दा बढी एसिड पैदा हुनुलाई एसिड रिफ्लेक्स भनिन्छ । त्यसले जलन महशुस गराउन सक्छ ।
अदुवाको उच्च सेवनले तपाईंको ब्लड प्रेसर कम गराउन सक्छ । रक्तचाप बढी छ भने यसले फाइदा गर्छ तर न्यून रक्तचाप भएकाहरूले अदुवाको सेवन गर्न नहुने विशेषज्ञहरूको सुझाव छ ।
अत्याधिक अदुवा सेवनले कपालको विकासलाई पनि असर पार्न सक्छ । अध्ययनका अनुसार यदि कसैले लामो समयसम्म आफ्नो कपाल बढाउने कोशिस गरिरहेका छन् अथवा कपाल झर्ने समस्याबाट ग्रसित छन्, तिनीहरूले अदुवाको सेवनमा कमी ल्याउनु जरुरी छ ।