०२ असार २०८३, मंगलबार

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ वर्षपछि जेलमा

कात्तिक २६, २०७७
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ वर्षपछि जेलमा

तीन वर्षअघि बैदेशिक रोजगार कसुर मुद्धामा अदालतबाट सजाय सुनाइएका झापा, कन्काई नगरपालिका—३ का ३६ वर्षीय सौरभ उप्रेती पक्राउ परेका छन् ।

तीन वर्षअघि जिल्ला अदालत झापाले उप्रेतीलाई कसुरवापत एक वर्ष छ महिना कैदसहित रु एक लाख ५० हजार जरिवाना फैसला भएको थियो ।

फैसलापछि फरार भएका उप्रेतीलाई तीन वर्षपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले दुई दिनअघि घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

अभियुक्त उप्रेतीलाई आज नै अदालतमा उपस्थित गराई फैसलाबमोजिम कैद भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्