
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्विटरमार्फत जानकारी गराएका छन् ।
निमोनिया रोगबाट ग्रस्त केसीलाई मंगलवार कोरोना देखिएको जनमोर्चा केन्द्रीय कार्यालयले जनाएको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा केसी उपप्रधानमन्त्री थिए । उनी सादगी नेताको रुपमा चिनिन्छन् ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको जनमोर्चाका अध्यक्ष रश्मीराज नेपालीले बुधवार विज्ञप्ति मार्फत जानकारी गराएका छन् । लामो समय अस्पताल राखेर उपचार गर्नुपर्ने भन्दै जनमोर्चाले केसीको उपचारमा सहयोग गर्न अपिल गरेको थियो ।