
पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल हुने केन्द्रीय सदस्य धनराज गुरुङले लोकान्तरलाई जानकारी दिए ।
यसअघि असोज १८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक केही सदस्यहरूलाई कोरोना संक्रमण देखिएपछि पटक–पटक सर्दै आएको छ ।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेपनि कार्यतालिका प्रभावित हुने देखिएको छ ।
शुक्रवारको बैठकमा महाधिवेशन कार्यतालिका फेरबदलको प्रस्ताव आउने सम्भावना रहेको कांग्रेस स्रोतले बतायो ।
महाधिवेशन तयारीका अतिरिक्त समसामयिक राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल हुने गुरुङले बताए ।