चीन र पाकिस्तान मिलेर नयाँ लडाकू विमान बनाइरहेका छन् । यो लडाकू विमान पाँचौं पुस्ताको अनि अत्याधुनिक हतियारले सुसज्जित हुनेछ ।
दुवै देशले मिलेर जेएफ–१७ नामक चौथो पुस्ताको लडाकू विमान निर्माणमा काम गरिरहेका छन् र अब नयाँ विमान बनाउँदैछन् । अनि युद्धपोत र घातक पनडुब्बी पनि उनीहरू बनाइरहेका छन् ।
जेन इन्फर्मेसन ग्रुपको रिपोर्टअनुसार, चीन र पाकिस्तानले जेएफ–१७बी थन्डरको निर्माण शुरू गरेका हुन् । यस विमानलाई सन् २०२१ को अप्रिल महिनासम्ममा पाकिस्तानी वायुसेनामा सामेल गरिनेछ ।
चीनका लागि पाकिस्तानका राजदूत मोइन उल हकले यो विमान दुई देशबीचको मित्रता र साझेदारीको प्रतीक भएको बताए ।
भारतसँग सम्भावित युद्धका लागि पाकिस्तानी जलसेनाले सामरिक र हतियार शक्ति बढाउने कोशिश गरिरहेकोले भारत चिन्तामा परेको छ । ।
पाकिस्तानी जलसेनाका चीफ अफ नेभल स्टाफले केही दिनअघि महत्त्वाकांक्षी आधुनिकीकरण योजनाअन्तर्गत ५० भनदा बढी युद्ध सामेल गर्ने बताएका थिए ।
पाकिस्तान आजभोलि हतियारका लागि चीन र टर्कीमा निर्भर छ ।
चीनको सहयोगमा हेंगर पनडुब्बी परियोजनामा पाकिस्तानले काम अघि बढाइरहेको छ । यस प्रोजेक्ट अन्तर्गत पाकिस्तान र चीन दुवैका लागि चार चारवटा पनडुब्बी बनाइँदैछ ।