०५ साउन २०८३, मंगलबार

इथियोपिया : नोबेल शान्ति पुरस्कार विजेताले गरे मानवताविरुद्धको अपराध

कात्तिक २८, २०७७
इथियोपिया : नोबेल शान्ति पुरस्कार विजेताले गरे मानवताविरुद्धको अपराध

इथियोपियाको टिग्रे क्षेत्रमा सोमवार राति राज्यका सैनिकहरूले हजारौं मानिसको सामूहिक हत्या गरेर मानवताविरुद्धको अपराध गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले दाबी गरेको छ । 

माइ–काद्रा शहरमा टुक्राटुक्रा पारिएका शरीरहरू शहरको एक कुनाबाट अर्को कुनामा लगिँदै गरेको तस्वीर र भिडियो एम्नेस्टीको क्राइसिस एभिडेन्स ल्याबले परीक्षण गरेर पुष्टि गरेको हो । 

ती तस्वीरहरू भूउपग्रहबाट लिइएको र जियोलोकेट गर्दा तिनीहरू माइ–काद्रामा खिचिएको पुष्टि भएको हो । 

‘ठूलो संख्यामा नागरिकहरूको सामूहिक हत्या भएको हामीले पुष्टि गरेका छौं । उनीहरू मजदूर हुन् र सैन्य कारवाहीमा पर्नुपर्ने गरी द्वन्द्वरत पक्ष हैनन् । यस वीभत्स त्रासदीको पूर्ण विवरण केही समयपछि मात्र थाहा हुनेछ किनकि टिग्रेमा सञ्चार बन्द छ,’ एम्नेस्टी इन्टरनेसनलका पूर्वी र दक्षिणी अफ्रिकाका निर्देशक डिप्रोस मुचेनाले बताए ।

उक्त आक्रमणको भोलिपल्ट खाना र बन्दोबस्तीको सामान लिएर पुगेका प्रत्यक्षदर्शीहरूसँग पनि एम्नेस्टीले कुराकानी गरेको छ । शहरभरि लाशहरू छरिएको उनीहरूले बताए । 
 

लाशहरूमा चक्कु र भाला जस्ता धारिलो हतियारले ठूलाठूला घाउ बनेको देखिएको पनि उनीहरूले बताए । गोली लागेको घाउ नदेखिएको उनीहरूको भनाइ छ ।

इथियोपियाका प्रधानमन्त्री आबी अहमदले पोहोर साल नोबेल शान्ति पुरस्कार जितेका थिए । छिमेकी मुलुक इरिट्रियासँग दशकौं चलेको युद्ध टुंग्याएकोमा उनलाई उक्त पुरस्कार दिइएको थियो । 

तर देशभित्रकै टिग्रे क्षेत्रले चुनावको माग गर्दै आन्दोलन गरेपछि त्यसलाई दबाउन अहमदले सेना परिचालन गरे । त्यसक्रममा व्यापक मानवअधिकार उल्लंघन भएको देखिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्