

रामेछाप, ३० वैशाख– रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वारामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकताबीच झडप हुँदा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।
मौन अवधिमा भोट माग्न घरदैलो अभियान चलाएको भन्ने विषयमा विवाद हुँदा दुवै पार्टीका कार्यकार्ताबीच झडप भएको जनाइएको छ । माओवादी कार्यकर्ताले एमालेका उम्मेदवारहरुले मौन अवधिमा पनि भोट माग्न घरदैलो गरेको भन्दै विरोध गरेपछि झडप भएका जनाएका छन् ।
झडपमा घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगरको अवस्था गम्भीर छ । झडपमा देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर पनि घाइते भएका छन् । घाइतेहरुलाई शनिबार बिहानै हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमालेका होमबहादुर थापामगर, दिपबहादुर थापामगर र बेयवबहादुर थापामगरलाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय टोकरपुमा राखिएको छ ।