२५ जेठ २०८३, सोमबार

मतदाताको सुरक्षाका लागि ‘प्रभावकारी’ व्यवस्था, सुरक्षाकर्मीले पैदलदेखि हवाइ गस्ती गर्ने

कात्तिक २०, २०७४
मतदाताको सुरक्षाका लागि ‘प्रभावकारी’ व्यवस्था, सुरक्षाकर्मीले पैदलदेखि हवाइ गस्ती गर्ने

काठमाडौं, ३० वैशाख– पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत भोली (आइतबार) हुने मतदानमा भोट खसाल्न जाने मतदातालाई ध्यान दिएर सरकारले विशेष सुरक्षा व्यवस्था गरेको जनाएको छ ।

मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पैदल मार्ग, हवाइ गस्ती र हाइ प्वाइन्ट ड्युटीसमेत गरी सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सुरक्षाका मामलामा कुनै पनि कसुर बाँकी नराखिएको समेत बताए ।

चुनावको तयारीबारे गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री निधिले सबै स्थानीय तहमा आवश्यक पर्ने सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

भोली मतदान हुने ३२ जिल्लामा २२ हजार ५ सय ७५ जना प्रहरी, २२ हजार ६०२ जना म्यादी प्रहरी र १७ हजार ३५६ जना सशस्त्र प्रहरी परिचालन गरिने निधिले बताए । यस्तै ३८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहने र त्यसलाई थप ५ हजारको जनशक्तिले रिइन्फोर्स गरिने गृहमन्त्री निधिको भनाइ छ ।

मतदानका दिन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ ।

सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदान गर्न पनि निधिले आग्रह गरे । ‘सरकारले भरपर्दाे सुरक्षा व्यवस्था मिलाएको छ,’ निधिले भने, ‘ढुक्क भएर आफ्नो मतको प्रयोग गरी यस निर्वाचनलाई सफल पार्न सबै दिदीबहिनी दाजुभाइसँग हार्दिक अपील गर्छु ।’


मतदान सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म सुरक्षित पुर्याउन स्कर्टिङको व्यवस्था गरिएको उनले बताए । साथै मतगणनाको कार्यालयमा पनि सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

‘मतगणनाको परिणाम घोषणापछि विजय जुलुस, र्याली र सभालाई पनि बलियो सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ,’ गृहमन्त्री निधिले भने ।

salt training

कमेन्ट गर्नुहोस्