२५ जेठ २०८३, सोमबार

लाक्पा शेर्पाले रचिन् कीर्तिमान, सबभन्दा धेरैचोटि सगरमाथा चढ्ने महिला

कात्तिक २०, २०७४
लाक्पा शेर्पाले रचिन् कीर्तिमान, सबभन्दा धेरैचोटि सगरमाथा चढ्ने महिला

काठमाडौं, ३० वैशाख — नेपाली पर्वतारोही लाक्पा शेर्पाले सबभन्दा धेरैचोटि सगरमाथा चढ्ने महिलाको कीर्तिमान बनाएकी छन् ।


शनिवार बिहान आठौंचोटि सगरमाथाको टुप्पोमा पसगेर यी ४४ वर्षीया पर्वतारोहीले कीर्तिमान कायम गरेकी हुन् ।

यो वर्ष लगभग ७५० पर्वतारोही सगरमाथा चढ्ने प्रयास गरिरहेका छन् ।

तिब्बततर्फबाट सगरमाथा चढ्नका लागि ३०० अन्य पर्वतरोही पनि तम्तयार छन् ।

लाक्पाले सन् २००० मा पहिलोचोटि सगरमाथा चढेकी थिइन् ।

नेपालमा जन्मेकी लाक्पा शेर्पा अहिले अमेरिकाको कनेक्टिकट राज्यमा बस्छिन् ।

एघार भाइबहिनीमध्येकी एक लाक्पा मकालु हिमालको फेदमा बसेको गाउँमा जन्मेकी थिइन् ।

उनका पिता याक चराउँथे अनि पछि उनले लज चलाउन थाले ।

शुरुमा लाक्पा लजको भान्सामा काम गर्थिन् र पर्वतारोहीहरूका लागि खाना बनाउँथिन् ।

अरू शेर्पा जस्तै उनलाई पनि हिमाल चढ्ने मौका मिल्थ्यो र उनले पर्वतारोहीहरूको सामान पनि बोकिन् ।
त्यसपछि उनी आफैं सगरमाथा चढ्न थालिन् ।

काठमाडौंमा भएको पर्वतारोही सम्मेलनमा उनले अमेरिकामा बसिरहेका एक रोमानियाली मूलका पर्वतारोहीलाई भेटिन् र उनैसँग विवाह गरेर अमेरिकामा बस्न थालिन् ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्