मोरङ, १० पुस– राष्ट्रपति विद्यादेबी भण्डारी मोरङको इटहरा ८ सातमेडीस्थित आफ्नो पुरानो घर पुगेकी छन् । कुनै बेला बुहारीको रुपमा भित्रिएको घरमा मुलुकको राष्ट्राध्यक्ष भएपछि पहिलो पटक शनिबार पुग्दा उनको भव्य स्वागत गरियो ।

आजको अन्नपूर्ण पोष्ट लेख्छ– उनले राष्ट्रपतिको उम्मेद्वारी दिँदा स्थायी ठेगाना मोरङ इटहारा ८ सातमेडी नै उल्लेख गरेकी थिइन् ।
पूर्वाञ्चलमा आयोजना गरिएको सातौं राष्ट्रिय खेलकूदको उद्घाटन पछि उनी घरमा पुगेकी थिइन् ।
जननेता स्व. मदन भण्डारीसँग बिहेपछि उनी केहि वर्ष सोहि घरमा बसेकी थिइन् ।