११ साउन २०८३, सोमबार

चिनियाँ राजदूतको सक्रियताबारे नेकपा प्रवक्ताको टिप्पणी– कसैको हस्तक्षेप स्वीकार गर्दैनौं

चिनियाँ राजदूतको सक्रियताबारे नेकपा प्रवक्ताको टिप्पणी– कसैको हस्तक्षेप स्वीकार गर्दैनौं
फाइल फोटो

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादलाई लिएर राष्ट्राध्यक्ष या कुनै देशका कुटनीतिज्ञलाई विवादमा तान्नु आवश्यक नभएको बताएका छन् ।

आफूहरूले कसैको हस्ताक्षेप स्वीकार नगर्ने भएपछि कसैले हस्ताक्षेप नगर्ने उनको दाबी छ । 

नेकपा सचिवालय बैठकपछि पत्रकारले राखेको एक जिज्ञासामा प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक मामिलामा कुनै देशको कूटनीतिज्ञलाई तान्नु गलत भएको बताएका हुन् । 

‘मैले यसलाई हस्तक्षेप गरेको भनेर बुझ्दिनँ, हामी हस्तक्षेप स्वीकार गर्दैनौं, स्वीकार नगरेपछि हस्तक्षेप हुँदैन,’ पत्रकारको प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘कसैले पनि राष्ट्राध्यक्षलाई तान्नु ठीक छैन, कुनै देशको कूटनीतिज्ञलाई पनि हाम्रो आन्तरिक मामिलामा तान्नु उपयुक्त हुँदैन ।’

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले सक्रियता बढाएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्