२८ असार २०८३, आइतबार

कोरोनाको उपचार निःशुल्क नगर्ने अस्पताललाई सरकारले कारवाही गर्ने

मंसिर ४, २०७७
कोरोनाको उपचार निःशुल्क नगर्ने अस्पताललाई सरकारले कारवाही गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णय अनुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियम अनुसार कारवाही गरिने बताए । उनले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियम अनुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिए ।

कोभिड–१९ को उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश–२०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेबापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ ।

सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्