
चीनको एक सानो रेस्टुराँमा बुधवार विस्फोट हुँदा ३४ जना घाइते भएका छन् ।
चीनको हुनान प्रान्तमा रहेको मिलुओ नामक रेस्टुराँको भान्सामा दिउँसोको खाना पाक्दै गर्दा विस्फोट भएको हो ।
दुर्घटनामा कसैको पनि ज्यान नगएको अधिकारीहरू बताउँछन् । स्थानीय प्रहरी र अग्निशमन निकायले विस्फोटको कारणको अनुसन्धान गरिरहेको बताइएको छ ।
विस्फोट सिनशी शहरमा अपराह्न १२ः४० मा भएको थियो ।
त्यसमा परी ३४ जना घाइते भएको सरकारी कार्यालयको सामाजिक सञ्जाल खातामा दाबी गरिएको छ । एकजना गम्भीर घाइते भएको बताइएको छ ।
स्थानीय अधिकारीहरूले घाइतेलाई बचाउन पूरा कोशिश गरेको बताइएको छ ।
सामाजिक सञ्जालमा विस्फोटका भयानक दृश्य समेटिएका भिडियो भाइरल बनिरहेका छन् ।