३० जेठ २०८३, शनिबार

दूर्गमको पीडा : दुई दिन हिँडेर मतदान केन्द्रमा

कात्तिक २०, २०७४
दूर्गमको पीडा : दुई दिन हिँडेर मतदान केन्द्रमा
काठमाडौं, ३१ वैशाख –धादिङको दुर्गम गाउँका मतदाता दुई दिन लगाएर मतदान केन्द्र पुगेका छन् । रुवीभ्याली गाउँपालिकाका वडा नम्बर ५ नेवेरका मतदाता एक दिन हिँडेर शनिबार दिउँसो मतदान केन्द्र पुगे ।

‘गाउँ भन्दा मतदान केन्द्र धेरै टाढा छ । भोट हाल्न भ्याउँदिन की भनेर पहिल्यै आएँ,’ नेवेरकी ७८ वर्षीया मंगलीमायाँ तामाङले भनिन् । नेवेरबाट दुई दिन लगाएर भोट हाल्न कै लागि सदाचेत स्थित लापा माविको केन्द्रमा आईपुगेकी हुन् ।

‘२८ गते भात खाएर हिँडेको थिए । २९ गते कपुरगाउँ आएर बसेँ । ३० गते त यहीँ आइपुगेँ । मंगलीमायाँले भनिन् ‘आफन्त नै उठेको छ रे, जसरी नी जानु पर्छ भन्यो त्यसैले सकिनसकी आएँ, भोली भोट हालेर हिँडिहाल्छु,’ २९ गते हिँडेका उनका हितैसीहरु बाटोमा आउँदै गरेको उनले बताईन् ।

नेवेरका उर्गेन तामाङ पनि स्थानीय तह निर्वाचनमा भोट हाल्न शनिबार नै मतदान केन्द्र आइपुगेका छन् । ‘०४६ सालदेखि सबै चुनावमा भोट हालेको छु, ढिलो भयो भने यसपाली छुट्छु की भनेर विहानै भोट हाल्न आजै आए’ उनले सुनाए ।

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं ५ नेवेर गाउँ पहाडको बीचमा छ । गाउँबाट मतदान केन्द्र भएको स्थान सदाचेत आइपुग्न भीरको बाटो करिब एक दिन लाग्छ ।

६३ घरधुरी रहेको नेवेर गाउँमा भुकम्पपछि पनि ४६ घरधुरी बसिरहेका छन् । बाँकी घरपरिवार सदरमुकाम आसपासका शिविर, सल्यानटार र ढोलाको शिविरमा बसिरहेकाहरु पनि मतदान केन्द्र पुगिसकेका छन् । अघिल्ला निर्वाचनहरुमा पनि नेवेरबासीले लापाको कपुरगाउँसम्म भएपनि मतदान केन्द्र नजिक पारिदिन आग्रह गरेका थिए ।

नेवेर मात्रै होइन लापाको तेन्चेत, तिङ्चेत, कचेत, छुम्राङ, चपाङचेत लगायत वस्तीका मतदाता पनि शनिबार नै मतदान केन्द्र पुगेका छन् । स्थानीयहरुका अनुसार यी वस्तीहरुबाट मतदान केन्द्र पुग्न ३ देखि ७ घण्टा लाग्छ । आइतबार हुने मतदानको लागि शनिबार नै पुगेर आफन्तहरुको घरमा बास बसेको तेन्चेतका अमन तामाङले जानकारी दिए ।

साविकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुवीभ्याली गाउँपालिका बनेको छ । यो गाउँपालिका धादिङको सबैभन्दा दुर्गममा पर्ने गाउँपालिका हो । रुविभ्याली गाउँपालिका अन्तर्गत ८ वटा मतदान केन्द्रहरु रहेका छन् । प्राय सबै केन्द्रका मतदाता शनिबार नै मतदान केन्द्र आसपासमा आफ्ना आफन्तकोमा पुगेर बास बसेको सामाजिक अगुवा शिलास तामाङले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यलयले भने सवैलाइ पायक पर्ने ठाउँमा मतदान केन्द्र बनाइएको दावी गर्दै आएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्