
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।
लगातार उकालो लागेको बजारमा बिहीवार पनि कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोबार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई १ हजार ७७८.१२ मा पुगेको हो । सेन्सेटिभ परिसूचक समेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ ।
कूल १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८ लाख ४५ हजार ३१० बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी २७ करोड ७ लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड १२ लाख ९९ हजार ६५१, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआईसी एसिया बैंक १५ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेसन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेसनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।
प्रभू बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋण पत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।