चुनावी नतिजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि जनाउँदै आएको बेला उनको पार्टीको भने सकारात्मक प्रतिक्रिया आएको छ ।
नयाँ सरकार बनाउन सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लिकन पार्टीका एक शीर्ष नेताले बताएका छन् ।
रिपब्लिकन पार्टीका शीर्ष नेता तथा सिनेटर मिट्च क्याककोनले कानुनी व्यवस्था र निर्धारित समयअनुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क रहन आह्वान गरेका छन् । ट्रम्पले जो बाइडेनलाई समयमै सत्ता हस्तान्तरण नगर्ने हो कि भन्ने चिन्ता र चासो अमेरिकामा व्याप्त रहेका बेला उनको यस्तो धारणा आएको हो ।