२४ जेठ २०८३, आइतबार

यूट्युबरविरुद्ध अक्षय कुमारले पठाए गालीबेइज्जतीको कानूनी सूचना, ५०० करोड जरिवाना माग

मंसिर ५, २०७७
यूट्युबरविरुद्ध अक्षय कुमारले पठाए गालीबेइज्जतीको कानूनी सूचना, ५०० करोड जरिवाना माग

बलिउड अभिनेताले बिहारका एक यूट्युबरविरुद्ध गालीबेइज्जतीको कानूनी सूचना पठाएका छन् । 

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गलत र आधारहीन आरोप लगाएकोमा यूट्युबरविरुद्ध उनले ५०० करोड भारुको जरिवाना भराइपाउन समेत मागदाबी गर्ने बताएका छन् । 
 

अक्षयले मंगलवार आईसी लिगल नामक ल फर्ममार्फत राशिद सिद्दीकीलाई कानूनी सूचना पठाएका हुन् । सिद्दीकीको यूट्युब च्यानल एफएफ न्युजमा अक्षयविरुद्ध अनेकौं गालीबेइज्जतीपूर्ण भिडियोहरू अप्लोड गरिएको छ । 
आफूसँग निःशर्त माफी माग्नुपर्ने र च्यानलबाट आपत्तिजनक भिडियो हटाउनुपर्ने अक्षयको माग छ । 

मुम्बई प्रहरीले सिद्दीकीविरुद्ध बेग्लै जाहेरी दर्ता गरेको छ । 

‘भिडियोमा रिया चक्रवर्तीलाई क्यानडातिर भगाउन अक्षयले सहयोग गरेको, महाराष्ट्र सरकारका मन्त्री आदित्य ठाकरेसँग गोप्य बैठक गरेर सुशान्तको मृत्युको विषयमा कुराकानी गरेको गलत र आधारहीन आरोप लगाइएकाले कानूनी सूचना पठाइएको हो, ल फर्मको बयानमा उल्लेख गरिएको छ । 

यस्ता किसिमका भिडियोहरू भविष्यमा अप्लोड नगर्न चेतावनी दिइएको छ । 

सिद्दीकीले कानूनी सूचनालाई तीन दिनभित्र जवाफ नदिएमा अक्षयले कानूनी प्रक्रिया थाल्ने ल फर्मले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्