०९ साउन २०८३, शनिबार

‘क्रान्तिका एजेण्डा अपहरणमा परे यस्तै हुन्छ’

‘क्रान्तिका एजेण्डा अपहरणमा परे यस्तै हुन्छ’

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्ध र विस्तृत शान्ति सम्झौतालाई अवमूल्यन गरेर समाज अघि नबढ्ने बताएका छन् ।

उनले शान्ति सम्झौताको पूर्ण पाठ पढ्न नयाँ पुस्तालाई आग्रह गरे । 

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै पूर्व माओवादी नेता भट्टराईले क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुने टिप्पणी गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहत शान्ति सम्झौता (जसमा मधेश जनविद्रोह लगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश र समाज अघि बढ्दैन है ।

नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढुन् । क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ,’ भट्टराईले लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्