२२ जेठ २०८३, शुक्रबार

अस्ट्रेलियाको छवि बिगार्ने युद्धअपराधको खुलासा

मंसिर ५, २०७७
अस्ट्रेलियाको छवि बिगार्ने युद्धअपराधको खुलासा

अफगानिस्तानमा अस्ट्रेलियाका विशेष सैन्य बलका सैनिकहरूले गरेको युद्धअपराधका विषयमा भएको ब्रेरेटन छानबिनको प्रतिवेदन सार्वजनिक भएपछि मानवअधिकारकर्मीहरू स्तब्ध तथा आक्रोशित भएका छन् । 

बिहीवार छानबिन समितिको प्रतिवेदन बाहिर आएपछि अस्ट्रेलियाको चौतर्फी आलोचना भइरहेको छ । पूर्वप्रधानमन्त्री केभिन रडले सैनिकहरूको व्यवहार देखेर घृणा लागेको बर्ता । पूर्व रक्षामन्त्री डेभिड हर्लीले यी अक्षम्य ज्यादतीहरू भएको बताए । 

मेजर जनरल जस्टिस पल ब्रेरेटनले सन् २००५ देखि २०१६ सम्म अफगानिस्तानमा विशेष बलहरूले देखाएको व्यवहारका विषयमा विगत चार वर्षदेखि समीक्षा गर्ने समितिको नेतृत्व गरेका थिए । पच्चीसजना पीडकहरूले ३९ जना अफगानी नागरिकको गैरकानूनी हत्या गरेको प्रमाण फेला परेको छ । तीमध्ये अधिकांश बन्दी थिए र कोही पनि युद्धका क्रममा मारिएका थिएनन् । 

ती हत्याहरू गश्ती कमान्डरको आदेशमा गरिएको प्रमाण पनि फेला परेको छ । जवान सैनिकहरूलाई कैदीको हत्या गरेर काम थाल्न उनीहरूले आदेश दिएको पाइएको छ । पीडितहरू कोही पनि लडाकू थिएनन् र विशेष सैन्य बलका सैनिकहरूको उद्देश्य स्पष्ट थियो, प्रतिवेदनमा लेखिएको छ । 

यसअघि सैन्य समाजशास्त्री समान्था क्रोम्पभोट्सले खुलासा गरेअनुसार, दुईजना अफगान किशोरलाई स्पेसल एयर सर्भिसका सैनिकहरूले घाँटी रेटेर हत्या गरेका थिए अनि कसले सबभन्दा बढी मान्छे मार्ने भनी प्रतिस्पर्धा गरेका थिए । गाउँमा हेलिकप्टर पुग्दा भाग्ने गाउँलेहरूलाई जथाभावी गोली हानेर मार्ने काम पनि गरिएको थियो । 

अफगानिस्तान मानवअधिकार तथा लोकतन्त्र संगठनका कार्यकारी निर्देशक हादी मारिफातले ब्रेरेटनका खुलासाहरूको सूचना पीडित परिवारलाई दिने तयारी भइरहेको बताए । 

‘हामी अस्ट्रेलिया र अस्ट्रेलियाली सशस्त्र बलबाट राम्रो व्यवहारको अपेक्षा गरिरहेका थियौं,’ उनले भने । ‘म स्पष्ट हुन्छु, अस्ट्रेलिया र अस्ट्रेलियाली बलप्रति अफगानीहरूको धारणा सकारात्मक छ किनकि उनीहरूले हाम्रा लागि थुप्रा राम्रो काम गरेका छन् ।’

अस्ट्रेलियाका रक्षा बलप्रमुख एंगस क्याम्पबेलले पीडित र तिनका परिवारसँग बिहीवार माफी मागे । क्षतिपूर्ति दिनका लागि संयन्त्र बनाइरहेको जानकारी पनि उनले दिए । 

salt training

कमेन्ट गर्नुहोस्