
काठमाडौं, ३१ वैशाख - सामाजिक सञ्जाल फेसबुकले नेपाली नेपालका लागि नयाँ फिचर राखेको छ । स्थानीय निर्वाचनका विषयमा फेसबुले आफ्नो फिचर सार्वजनिक गरेको हो ।
नेपाली प्रयोगकर्ताले फेसबुक खोल्नै वित्तिकै फेसबुकले भोट शेयर गर्नुहोस् भनेर अनुरोध गर्छ ।
त्यो नगर्न पनि मिल्छ । आफू निर्वाचनमा सहभागि भएको बारे साथिभाईलाई जानकारी दिनको लागि उक्त फिचरले सहयोग गर्छ । भोट शेयर भन्नुको अर्थ म निर्वाचनमा सहभागि भएँ भनेर थाहा दिनु हो ।
