२२ जेठ २०८३, शुक्रबार

एक हप्ताभित्र धोबिखोला करिडोरको खाल्डाखुल्डी पुर्न मन्त्री श्रेष्ठको निर्देशन

एक हप्ताभित्र धोबिखोला करिडोरको खाल्डाखुल्डी पुर्न मन्त्री श्रेष्ठको निर्देशन

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उनले सो निर्देशन दिएका हुन् । 

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी  सहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत  निरीक्षण गरेको थियो । 

‘मैले तपाईहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ ,हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन तत्काल निर्माण गरिनुपर्छ, उनले निर्देशन दिए ।

 मन्त्रीको निर्देशन दिए लगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीलले कालोपत्रे भएका र बढी खाल्डाखुल्डी देखिएका सडकमा एक  साताभित्र पुरिसक्ने जानकारी दिए । 

मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्र्च बृजबाट अवलोकन शुरू गरेको थियो । हाल आर्कब्रिज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुल मुनी अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिएका थिए । 

मन्त्री श्रेष्ठले अति ब्यस्त माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भइरहने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिएका थिएृ । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उनले भने–सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।

सो करिडोरले छोएको अधिकांस पुलमुनी अन्डरपास निर्माण भएपनि सो पुलमुनी फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष  नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराएका थिए ।

 ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाघ्दै पुल मुनी पुगेर निरीक्षण गरेका थिए । लगत्तै चावहिल स्थित ओम अस्पताल पारि पुगेका मन्त्री श्रेष्ठले बाटोमा मंगाल देखेपछि अचम्म माने। 

उनले भने, 'ओहो बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ?' उनको प्रश्नमा आयोजना प्रमुख डा तिवारीले उत्तर दिए, ;मन्त्री ज्यु आजै यो मंगाल छोप्नेछौ ।'

मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।

 करिडोरभित्र पर्ने पुलमुनी फोहोर थुपारिएको, फुटपाथमा व्यावसाय सञ्चालन गरिएको , विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको थियो । हेर्नुस त करिडोरको हालत यस्तो ? हाम्रो अधिकारक्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसंग तत्काल समन्वय गर्न लगाउनुस–स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्ठले भने । 

अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिए । निर्माण गर्न अवरोध वा समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउयन प्राधिकरणलाई आग्रह गरेका थिए । 

टोलीले धोबीखोला करिडोश शुरु भएको बुढानिकण्ठ देखि काठमाडौं र ललितपुरका सिमाना शंखमुलसम्म निरीक्षण गरेको थियो । निरीक्षण क्रममा सचिव डा. सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने जानकारी गराएका थिए । उनले करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपा व्यवस्थित गर्ने, र खाल्डाखुल्डी पुर्ने काम एकसाताभित्र सकिनेगरी आजैबाट हुरु गर्ने बताएका थिए । 

 अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफुसंगै अवलोकनमा गएका सञ्चारकर्मीले आफ्नो आखाले देखे अनुसार रिपोर्टिङ गर्न आग्रह गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विषेश चासो व्यक्त गरेको करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रमका विदेश मामिला सल्लाहकार भट्टराई मन्त्रालयका सचिव र प्राधिकरण प्रमुख सहितको टोली करिडोर अवलोकन भ्रमण गरेको मन्त्री श्रेष्ठले जानकारी गराए । 

उनले उपत्यकाको लाइफलाइनको रुपमा रहेको  धोबीखोलाको इज्जत  र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्रीको भनाई थियो । केही समस्या भए म र सिङगो मन्त्रालयसंग सल्लाह गर्न आउनुन, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउन हामी सबै लागौ –मन्त्री श्रेष्ठको भनाइ थियो । 

  परियोजनाको बारेमा जानकारी गराउनै प्राधिकरणका प्रमुख डा. तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पुर्ण काम सम्पन्न हुने जानकारी गराउनुभयो । हामीले बाटो खोलिसकेका छौ केही सामान्य समस्या बाहेक कुनै ब्याबधान छैन , तोकिएकै समयमा निर्माण सक्नेछौ –उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्