११ साउन २०८३, सोमबार

वायु प्रदूषण र कोभिड महामारीले फोक्सोमा पार्छ असर, यी खानेकुराले बचाउनेछन्

कात्तिक ४, २०७७
वायु प्रदूषण र कोभिड महामारीले फोक्सोमा पार्छ असर, यी खानेकुराले बचाउनेछन्

वायु प्रदूषणले स्वास्थ्य निकै नराम्रो असर पार्छ । दम हुनेदेखि लिएर मुटुरोग लाग्नेसम्मको समस्या यसबाट देखापर्छ । 

अझ अहिले त वायु प्रदूषणले कोभिड–१९ बाट हुने मृत्युको जोखिमलाई झन् बढाउने स्पष्ट पारेको छ । त्यसैले फोक्सोको ध्यान दिनु जरूरी छ । 

फोक्सोलाई स्वस्थ राख्न तपाईंले आफ्नो डाइट परिवर्तन गर्नुपर्छ । यहाँ हामी फोक्सोको सुरक्षा गराउने केही खानेकुराको नाम दिँदैछौं । 

अदुवा
रुघाखोकी लाग्दा सबभन्दा बढी उपयोग गरिने अदुवाले श्वासप्रश्वास प्रणालीबाट विषाक्त पदार्थहरू हटाउँछ । यसमा भिटामिन, म्याग्नेसियम, पोटेसियम, जिंक र बिटा क्यारोटिन जस्ता पदार्थ हुन्छन् । यी सबैले फोक्सोलाई स्वस्थ राख्छन् । चिया, तरकारी, दाल वा काढा पानीमा राखेर अदुवा खान सकिन्छ । 

बेसार
बेसारले फोक्सो सुन्निने तथा रगत जम्ने समस्यालाई घटाउन सहायता गर्छ । यसमा पाइने पदार्थहरूले प्राकृतिक तरिकाले फोक्सोलाई सफा गर्छन् । यसले रोगप्रतिरोधक क्षमता वृद्धि गर्न र शरीरलाई विषरहित बनाउन पनि योगदान गर्छ । दाल र तरकारीमा बेसार हाल्नुका साथै दूधमा वा काढा बनाएर बेसार सेवन गर्नुहोला । 

मह
महमा प्राकृतिक मधुरता हुन्छ र यसमा एन्टी ब्याक्टेरियल गुण पनि पाइन्छ । श्वासको समस्यालाई यसले घटाउन मद्दत गर्छ । फोक्सोमा हावाको आवागमनलाई नियमित बनाउनका लागि यो उपयोगी हुन्छ । एक चम्चा महलाई तातो पानीमा मिसाएर पिउँदा फोक्सो सफा गर्न सहज हुन्छ । महले रुघा र खोकीबाट मुक्ति दिन पनि सहयोगी भूमिका निर्वाह गर्छ । 

लसुन 
लसुनमा एलिसिन नामक शक्तिशाली तत्त्व पाइन्छ । यसले एन्टीबायोटिक एजेन्टका रूपमा काम गर्छ र सासमा हुने संक्रमणलाई रोक्छ । फोक्सोलाई क्यान्सरको खतराबाट रोक्न र सुन्निएको कम गर्न पनि यसले सहायता गर्छ । दमका रोगीहरूलाई अदुवाको सेवनले चमत्कारी असर गर्छ । 

ग्रीन टी
दिनमा दुईपटक ग्रीन टी पिउने गर्नुभयो भने फोक्सोको सबै किसिमका समस्याहरू हराएर जान्छन् । 

salt training

कमेन्ट गर्नुहोस्