२९ जेठ २०८३, शुक्रबार

कांग्रेस सांसद पाण्डेले आज शपथ ग्रहण गर्ने

कांग्रेस सांसद पाण्डेले आज शपथ ग्रहण गर्ने

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले सोमवार पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमवार दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । 

कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले पाण्डेलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । स्याङ्जाका पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।

कमेन्ट गर्नुहोस्