२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले गरे सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

मंसिर ८, २०७७
प्रधानमन्त्री ओलीले गरे सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमवार उद्घाटन गरेका छन् ।

घुन्सा फाउन्डेसनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमवार नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका थिए ।

भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् ।

जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा  स्वास्थ्य एकाइ स्थापना भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्