२० असार २०८३, शनिबार

थप १ हजार ९८० जनामा कोरोना पुष्टि, ३ हजार ४३ संक्रमित निको

थप १ हजार ९८० जनामा कोरोना पुष्टि, ३ हजार ४३ संक्रमित निको

पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३८१ जनामा पीसीआर परीक्षणमा गर्दा १ हजार ९८० जना संक्रमित पुष्टि भएको हो ।

यससँगै हालसम्म कूल संक्रमितको संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ । 

पछिल्लो विवरण अनुसार थप ३ हजार ४३ जना कोरोना संक्रमण निको भएका छन् । यससँगै हालसम्म २ लाख २ हजार ६७ जना निको भएका छन् । हाल सक्रिय संक्रमित १८ हजार ८८४ रहेका छन् ।

कोरोनाले थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या १ हजार ३३७ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्