
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला २ दिने नेपाल भ्रमणको शिलशिलामा मंसिर ११ गते काठमाडौं आउने भएका छन् ।
नेपालस्थित भारतीय दूतावासले मंसिर ११ र १२ गते विदेश सचिव श्रृंगलाले नेपालको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराएको छ ।
विदेश सचिवको कार्यभार सम्हालेपश्चात श्रृंगला पहिलोपटक नेपालका भ्रमणमा आउन लागेका हुन् ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको भ्रमणलगत्तै भारतीय विदेश सचिबाट औपचारिक भ्रमण हुन लागेको हो । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि २ देशबीच कुटनीतिक चिसोपना बढेको समयमा भारतीय विदेश सचिवबाट नेपाल भ्रमण हुन लागेको हो ।
भारतीय भ्रमणका क्रममा परराष्ट्र सचिव स्तरमा औपचारिक वार्ता हुनेछ ।