२५ जेठ २०८३, सोमबार

गगन थापाले भोट हाल्दा एमाले कार्यकर्ताको विरोध

कात्तिक २०, २०७४
गगन थापाले भोट हाल्दा एमाले कार्यकर्ताको विरोध

काठमाडौं, ३१ वैशाख– स्थास्थ्यमन्त्री तथा कांग्रेस नेता गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा भोट हाल्दा एमाले कार्यकर्ताको विरोध खेपेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० अन्तर्गत मैतिदेवी केन्द्रमा मतदानका लागि पुगेका स्वास्थ्यमन्त्री थापालाई मतदान सकेर फर्किदा एमाले कार्यकर्ताले होहल्ला गरेका हुन् ।

स्वयंसेवीको कार्ड भिरेका युवाहरुको हुलले होहल्ला गरेर गगन थापाको विरोध गरेका थिए ।

साथै मन्त्री थापाले सञ्चारकर्मीसँग प्रतिक्रिया दिन खोज्दा समेत उनीहरुले अवरोध गरेका थिए । स्वयंसेवीको कार्ड भिरेकाहरुले सञ्चारकर्मीले फोटो खिच्दा समेत अवरोध गर्न खोजेको उक्त मतदानस्थलमा पुगेका सञ्चारकर्मीहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्री थापाले एमाले कार्यकर्ताहरु आफूलाई देख्दा तर्सिहाल्ने गरेको भन्दै आश्चर्य व्यक्ति गरे । ‘मलाई देख्नासाथ उहाँहरु तर्सिहाल्नु हुन्छ, जहाँ देखे पनि हल्ला गरिहाल्नुहुन्छ,’ मन्त्री थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्