३१ जेठ २०८३, आइतबार

बर्दिबासमा तनाव बढ्यो, प्रहरी–स्थानीय झडपबीच गोली चल्दा १ जना घाइते

मंसिर ९, २०७७
बर्दिबासमा तनाव बढ्यो, प्रहरी–स्थानीय झडपबीच गोली चल्दा १ जना घाइते
प्रतिकात्मक तस्वीर

महोत्तरीको बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या भएपछि तनाव बढेको छ ।

हत्या गरिएकी बालिकाको शव स्थानीयले नियन्त्रणमा लिएर सडक प्रदर्शन गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको छ । प्रहरीले चलाएको रबरको गोली लागेर १ जना स्थानीय घाइते भएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटवालले जानकारी दिए ।

बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् । स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली चलाएको छ । बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

अदालतले धरौटीमा छाडेपछि ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या, स्थानीय आक्रोशित

salt training

कमेन्ट गर्नुहोस्