१० साउन २०८३, आइतबार

वन रक्षकले घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा

मंसिर ९, २०७७
वन रक्षकले घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ । आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्