२८ जेठ २०८३, बिहीबार

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई  सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भने, “पार्टीको फुटले न त देशलाई समृद्धि दिन सक्छ न त कसैलाई फाइदा नै ।”

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैह्रेको निधनको नवौँ दिनको पूण्य तिथिमा आज स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उनले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए । श्रद्धाञ्जलि सभामा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संविधानसभा सदस्य अमृता थापा मगर, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मीनप्रसाद गुरुङ र नेकपा नेता शैलेन्द्र घिमिरेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्