०२ असार २०८३, मंगलबार

बर्दिबासमा कर्फ्यूका बाबजुद आन्दोलन, गोली चलाउन आदेश दिनेलाई बर्खास्त गर्न माग

मंसिर १०, २०७७
बर्दिबासमा कर्फ्यूका बाबजुद आन्दोलन, गोली चलाउन आदेश दिनेलाई बर्खास्त गर्न माग

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्यापछि भएको विरोध प्रदर्शन बुधवार निषेधाज्ञा (कर्फ्यू) का बाबजुद पनि जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहान ९ बजेदेखि निषेधाज्ञा जारी गरे पनि विरोध प्रदर्शन जारी रहेको छ । मंगलवार भएको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीयमा थप आक्रोश बढेको छ । आन्दोलनकारीले पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्ग ठप्प पारेका छन् । 

बुधवार बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको छ ।

माग पूरा गर्न सरसकारसँग वार्ता गर्नका लागि वार्ता टोली समेत गठन भएको छ । कांग्रेसका नेता चिरञ्जीवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्