३० असार २०८३, मंगलबार

बर्जर पेन्ट्सले गर्‍यो बर्जर कलर स्प्ल्यासका विजेताको घोषणा

मंसिर १०, २०७७
बर्जर पेन्ट्सले गर्‍यो बर्जर कलर स्प्ल्यासका विजेताको घोषणा

नेपालमा सन् २००० देखि सजावटी रंगहरूको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले सञ्चालन गरेको उपभोक्ता योजना  बर्जर कलर स्प्ल्यासका विजेताको घोषणा गरेको छ ।

योजना २०७६ सालको बडादशैं र तिहारलाई लक्षित गरेर भदौदेखि २०७६ पुससम्म सञ्चालन गरिएको थियो । योजना अन्तर्गत ग्राहकले बर्जर पेन्टका उत्पादन खरीद गर्दा १०० वर्गफिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गरेका थिए ।

भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामार्फत् अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि दिइएको थियो ।

योजनामा सहभागी ६ हजारभन्दा बढी ग्राहक मध्येबाट १७८ जना भाग्यशाली विजेताको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो । 

बम्पर पुरस्कार अन्तर्गत विराटनगरका जयनाथ सापकोटाले ५ लाख रुपैयाँ तथा प्रथम पुरस्कार अन्तर्गत बिर्तामोडका पूर्णमान गुरुङ र काठमाडौंका रमेश श्रेष्ठले ‘लण्डन ट्रीप’ पाएका छन् ।

लक्की ड्रबाट २५ जना विजेताले दोस्रो पुरस्कार अन्तर्गत ३२ इन्चको सामसुङ्ग टीभी, ५० जना विजेताले तेस्रो पुरस्कार अन्तर्गत आन्तरिक ट्रीप र १०० जना विजेताले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम२० पुरस्कारहरू प्राप्त गरेका छन् ।

योजना अन्तर्गतकै डिजिटल प्रतियोगिताको विजेतामध्ये दुर्गा लामिछाने र सुरेश लामिछानेले बाहिरी समूहको लागि र मनोज सिटौला र चानु खड्का भण्डारीले भित्रि समूहको लागि प्रथम पुरस्कारबापत जनही १/१ लाख रुपैयाँका दरले नगद पुरस्कार जितेका छन् ।

दोस्रो पुरस्कार विजेताहरू यमबहादुर बस्नेत र सरला अधिकारीले बाहिरी समूहको लागि तथा राजु लामा र हेम प्रसाद ढकालले जनही ५०/५० हजारका दरले नगद पुरस्कार जितेका छन् । तेस्रो पुरस्कार अन्तर्गत बाहिरी समूहमा वसन्तकुमार बस्नेत र लिला खड्का तथा भित्री समुहमा घदेन्द्र राई र धनबहादुर बस्नेतले जनही २५/२५ हजार रुपैयाँका दरले नगद पुरस्कार जितेका छन् भने सान्त्वना पुरस्कारमा २० जना घरधनीहरू प्रत्येकले १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

योजनामा पब्लिक च्वाइस अवार्डको विजेता बिर्तामोडका प्रदिप राईले सामसुङ्ग ए३० पुरस्कार जितेका छन् । विजेताको सम्पूर्ण विवरण बर्जर पेन्ट्सको फेसबूक पेज र वेबसाइटमा राखिएको छ । विजेतालाई आफ्नो पुरस्कार यो नतिजा प्रकाशित भएको मितिबाट १५ दिनभित्रमा आफ्नो नजिकको बर्जर सेल्स डिपोमा सम्पर्क राख्न हुन सबै विजेतालाई सूचित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्