०६ साउन २०८३, बुधबार

अजित डोभालले पाकिस्तानमा विद्रोहीहरूलाई भड्काइरहेको पूर्व सैन्य अधिकारीको आरोप

मंसिर १०, २०७७
अजित डोभालले पाकिस्तानमा विद्रोहीहरूलाई भड्काइरहेको पूर्व सैन्य अधिकारीको आरोप

पाकिस्तानका पूर्व सैन्य अधिकारी एयर भाइस मार्शल शहजाद चौधरीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमाथि पाकिस्तानी विद्रोहीहरूलाई भड्काइरहेको आरोप लगाएका छन् । 
 

डोभालले पश्तून ट्राइबल क्षेत्र र बलुचिस्तानमा विद्रोही गुटहरूलाई उपयोग गरेर पाकिस्तानी सेनालाई कश्मीर मुद्दाबाट ध्यान हटाउन र देशकै आन्तरिक विषयमा फसाउन कोशिश गरिरहेको उनको भनाइ छ । 
 

डोभाल्स डर्टी वार नामक लेख उनले आइतवार छपाएका छन् र यी सारा आरोप लगाएका हुन् । 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले सरकार र सेनामाथि अनेकौं आरोप लगाइरहेको बेलामा चौधरीको यो लेख आएको छ । 

कमेन्ट गर्नुहोस्