०२ असार २०८३, मंगलबार

नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार प्रा डा प्रसाईँ रहेनन्

मंसिर १०, २०७७
नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार प्रा डा प्रसाईँ रहेनन्

प्रा डा भीष्मराज प्रसाईँको मेडिसिटी इन्टरनेशनल हस्पिटलमा आज साँझ निधन भएको छ । उनलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।

 नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक मानिने उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्य पनि थिए ।

प्रा डा प्रसाईँका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् । उनानब्बे वर्षीय प्रा डा प्रसाईँका श्रीमती, दुई छोरी र एक छोरा  छन् ।

salt training

कमेन्ट गर्नुहोस्