०३ साउन २०८३, आइतबार

उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा शुरू

मंसिर ११, २०७७
उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा शुरू

नेपाल उद्योग तथा वाणिज्य महासंघको साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । 

बिहीवार भर्चुअल माध्यम (जूम) बाट प्रधानमन्त्री ओलीले महासंघको ५४ औं साधारण सभाको उद्घाटन गर्न लागेका हुन्। 

चैत २७ र २८ गते सम्पन्न हुनुपर्ने महासंघको साधारणसभा कोरोना भाइरसको महामारी फैलिएसँगै पर धकेलिएको थियो ।

कोभिडकै कारण महासंघको निर्वाचन सात महिनापछि बिहीवारबाट शुरू भएको हो । 

महासंघको १२ गते (शुक्रवार)  बन्दसत्र र १३ गते –शनिवार) निर्वाचन हुँदैछ । 

साधारणसभापछि महासंघको नेतृत्व विधानबमोजिम शेखर गोल्छाले सम्हाल्नेछन् । 

वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरूमा भने शनिवार निर्वाचन हुँदैछ । 

निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधान समूहबीच प्रतिस्पर्धा हुँदैछ ।  


 

salt training

कमेन्ट गर्नुहोस्