२८ असार २०८३, आइतबार

उद्योग वाणिज्य महासंघको चुनाव रोक्न सर्वाेच्चद्वारा अस्वीकार, विपक्षीका नाममा कारण देखाउ आदेश

मंसिर ११, २०७७
उद्योग वाणिज्य महासंघको चुनाव रोक्न सर्वाेच्चद्वारा अस्वीकार, विपक्षीका नाममा कारण देखाउ आदेश

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र साधारणसभा रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतको कारण देखाउ आदेशसँगै महासंघको निर्वाचन नरोकिने भएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

भण्डारीको इजलाशको तेस्रो नम्बरमा यो पेशी तोकिएको थियो । 

महासंघको प्रदेश नम्बर २ का अध्यक्ष शिव शंकर शाह महासंघको वर्तमान कार्यसमिति गत चैत्र २९ सम्मका लागि भएको भन्दै यो समितिलाई साधारणसभा गर्ने अधिकार नरहेको दाबीसहित अदालत गएका थिए ।

महासंघको साधारण सभा बिहीवारबाट शुरू भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्