१६ असार २०८३, मंगलबार

थप १ हजार ६१४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

मंसिर ११, २०७७
थप १ हजार ६१४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर कूल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । हाल सक्रिय संक्रमित १६ हजार ७९३ जना रहेका छन् ।

कूल संक्रमितमध्ये २ लाख ९ हजार ४३५ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना निको भएका छन् ।

कोरोनाले थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको कूल संख्या १ हजार ४१२ रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्