१४ असार २०८३, आइतबार

परीक्षा रद्दबारे परीक्षा बोर्डले भन्यो – भ्रमपूर्ण समाचारको भर नपर्नू

मंसिर ११, २०७७
परीक्षा रद्दबारे परीक्षा बोर्डले भन्यो – भ्रमपूर्ण समाचारको भर नपर्नू

राष्ट्रिय परीक्षा बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै १२ कक्षाको भौतिक विज्ञान विषयको परीक्षा रद्द भएकोबारे सामाजिक सञ्जालमा प्रवाह भएको सूचनाको भर नपर्न आग्रह गरेको छ ।

मंसिर ११ गते सञ्चालित भौतिक विज्ञान विषयको परीक्षा रद्द भई मंसिर १७ गते पुनः सञ्चालन गरिने भ्रम फैलिएपछि बोर्डले विज्ञप्ति जारी गरेको हो ।

‘राष्ट्रिय परीक्षा बोर्डको नामबाट जारी भएको सूचना लगायत विभिन्न भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा रहेको पाइएकोले त्यसतर्फ बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘बोर्डको आधिकारिक वेबसाइट बाहेकका समाचार माध्यम तथा सामाजिक सञ्जालमा आउने कुनै पनि सूचना तथा समाचारको भ्रममा नपर्न हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्