०१ साउन २०८३, शुक्रबार

चुनावकै दौरान दोलखामा गोली चल्यो, एकजनाको मृत्यु

कात्तिक २०, २०७४
चुनावकै दौरान दोलखामा गोली चल्यो, एकजनाको मृत्यु


दोलखा, ३१ वैशाख– आइतबार बिहान मतदान सुरु भएदेखि नै तनावग्रस्त रहेको दोलखाको मेलुङ गाउँपालिकामा चुनावी झडपका क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।

दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत सत्येश्वर मावि मतदान केन्द्रमा सुरक्षाकर्मीले गोली चलाएका थिए । 

सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेमा स्थानीय नकुल भुजेल रहेको स्थानीयले जनाएका छन् । प्रहरीले भने यसको पृष्टि गरेको छैन । भुजेल नेपाली कांग्रेसका स्थानीय कार्यर्ता रहेको जनाइएको छ । 

स्थानीय प्रशासनले मतदान सामग्री लुट्न आएको समूहलाई रोक्न खोज्दा प्रहरीले गोली चलाउनुपरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्