३० असार २०८३, मंगलबार

तत्कालिन राजा महेन्द्र र विरेन्द्रले वृक्षारोपण गरेको ठाउँमा राष्ट्रपतिले रोपिन् नयाँ विरुवा

कात्तिक २०, २०७४
तत्कालिन राजा महेन्द्र र विरेन्द्रले वृक्षारोपण गरेको ठाउँमा राष्ट्रपतिले रोपिन् नयाँ विरुवा
फाइल तस्वीर


क्यान्डी (श्रीलङ्का), ३१ वैशाख– श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गरिन् ।

विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोप्नुभएको हो । सो अवसरमा उनले उद्यानको अवलोकन पनि गरिन् ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा हस्ताक्षर पनि गरिन् । उनले दुईवटा बिरुवाको नामकरण पनि गरेकी थिइन् ।

कोलम्बोबाट राष्ट्रपति भण्डारी श्रीलङ्काको वायु सेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुगेकी हुन् ।

यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र वीरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन् । राष्ट्रपति भण्डारीका साथ भ्रमणदलमा रहनुभएका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई पनि हुनुहन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्