२९ असार २०८३, सोमबार

स्कटल्यान्डको स्वतन्त्रताका लागि दोस्रो जनमतसंग्रह गरिने संकेत

मंसिर १२, २०७७
स्कटल्यान्डको स्वतन्त्रताका लागि दोस्रो जनमतसंग्रह गरिने संकेत

स्कटल्यान्डकी प्रमुख (प्रथम मन्त्री) निकोला स्टर्जियनले स्वतन्त्रताका लागि दोस्रोपटक जनमतसंग्रह गर्न चाहेको भनी द टाइम्स पत्रिकाले खबर दिएको छ । 

‘अर्को संसदीय निर्वाचनअघि स्कटल्यान्डले स्वतन्त्र बन्ने कि नबन्ने भन्ने विषयमा छनोट गर्ने अवसर प्राप्त गर्नुपर्छ,’ स्टर्जियोनले भनिन् । 

सन् २०१६ को जुन महिनामा भएको ब्रेक्जिट जनमतसंग्रहमा ६२ प्रतिशत स्कटिश मतदाताहरू युरोपेली संघमा नै बस्ने पक्षमा थिए यद्यपि बेलायतलाई संघबाट हटाउने पक्षले नै बहुमत ल्यायो । 
 

स्टर्जियोनले यस मतदानलाई पनि सन्दर्भ बनाउँदै स्कटल्यान्डको भविष्य युरोपेली संघको सदस्य स्वतन्त्र मुलुक बन्नुमा निहित रहेकोमा आफ्नो सरकार विश्वस्त रहेको बताएकी छन् । 

सन् २०१४ को पहिलो स्वतन्त्रता जनमतसंग्रहमा ५५ प्रतिशत मतदाताले संयुक्त अधिराज्यमै बस्ने भनी मत दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्